उर्लाबारीमा भान्जाले दाउ प्रहार गर्दा मामाको मृत्यु

<span class='c1'>उर्लाबारीमा भान्जाले दाउ प्रहार</span> <span class='c2'>गर्दा मामाको मृत्यु</span>

विराटनगर । आफ्नै घरमा आएका मामासँग वादविवाद हुँदा २२ वर्षीय भान्जा सुजन पाचकोटीले दाउ प्रहार गरेर हत्या गरेका छन् । मोरङको उर्लाबारी–८ कल्पना पाचकोटीको घरमा गएका पथरीशनिश्चरे–१ का ४२ वर्षीय काजी मोहरासँग आइतबार राती विवाद भएको थियो ।

विवादमा सुजनले मृतक मोहरालाई टाउकोमा दाउ प्रहार गरेर सख्त घाईते बनाएका थिए । उलाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान १ बजे उनेको मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् ।

घटनामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ । दाउ प्रहार गर्ने सुजन र मृत्यु भएका मोहरा मामा भान्जा रहेको प्रहरीले बताएको छ । मोहरा पथरीशनिश्चरेबाट आफन्तको घरमा पाहुना गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्