विराटनगर । विराटनगर महानगरपालिकाले महानगरको प्रतीक चिह्न (लोगो( डिजाइनका लागि सार्वजानिक सूचना आह्वान गरेको छ । महानगरले लोगो प्रयोगमा ल्याउनका डिजाइनका लागि आह्वान गरेको हो ।
यसका लागि आम रुपमा लोगो डिजाइनको अवसर प्रदान गरिएको छ । लोगो डिजाइन गरी २१ दिनभित्र पठाउनका लागि सूचनामा भनिएको छ । पेस गरिएकामध्ये उत्कृष्ट भई छनोटमा परेको खण्डमा एकलाख रुपिँया पुरस्कार दिने उल्लेख छ ।
लोगो विराटनगर महानगरपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक एवम् विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्नेछ ।
महानगरपालिकाको नाम समावेश हुनुपर्ने, लोगोमा कुनै पनि धार्मिक, जातीय तथा साम्प्रदायिक विभेद झल्कने, सामाजिक सद्भावमा खलल पुग्ने तथा नेपालको सार्वभौमिकता, एकता र अखण्डतामा प्रतिकूल असर गर्ने संकेत प्रयोग नगरिएको हुनुपर्नेछ ।