लायन्स क्लबहरुको आयोजनामा विराटनगरमा एक दिने स्वास्थ्य चेकअप आयोजना भएको छ । करिब २ सय बढी प्रहरी र म्यादी प्रहरीलाई मधुमेह, विशेसज्ञ डाक्टरको सेवा लगायतका स्वास्थ्य जाँच गरिएको थियो ।
साथै, खानेकुराको डाइट कसरी व्यवस्थित गर्ने बिषयमा समेत जानकारी दिइएको क्लब कि संयोजक एकता थापा सुबेदीले जानकारी दिईन ।
सामाजिकरुपमा बिभिन्न कार्य गर्दै आएको उक्त क्लबले जनताको सुरक्षामा खटिने प्रहरीहरुलाई स्वास्थ्य चेकअप गरेको हो । यस्ता खालका कार्यक्रम आगामी दिनमा समेत गर्दै जाने संयोजक सुबेदीले जानकारी दिईन ।
लायन्स क्लव अफ पाथीभरा, शिभम्, एक्टिभ, मिडसिटी, गोग्राह, रानी र धरानको घोपा यूनाईटेड तथा लियो क्वल घोपा यूनाइटेडको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो ।