ईलाममा पिकअप दुर्घटना, सात जना घाइते

<span class='c1'>ईलाममा पिकअप दुर्घटना,</span> <span class='c2'>सात जना घाइते</span>

ईलाम, चैत्र २५ गते।

मेची राजमार्ग अन्तरगत ईलाम जिल्लाको गोदकमा आज पिकअप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

झापाबाट ईलामतर्फ जादे गरेको मे. १ च ३०५८ नम्बरको पिकअप आज बिहान १० बजे गोदक ४ मा अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा परी पिकअपमा सवार रहेका झापा चारआली ५ बस्ने २८ वर्षिय भुपेन्द्र राजवंशी र बिर्ताबजार बस्ने २२ वर्षिय अर्जुन माझी गम्भीर तथा अनारमनि ९ का २७ वर्षिय गोबित माझी, राजगढ बस्ने २४ वर्षिय भिम राजवंशी, बिर्ताबजार बस्ने २५ वर्षिय मुन्ना साह, सोही स्थान बस्ने २९ वर्षिय साजन सहनी र कुमरखोद ७ बस्ने २६ वर्षिय हेमलाल देवाली सामान्य घाइते भएका छन्।

घाइते सबै जनालाई उपचारकालागी बि.एन सि. अस्पताल बिर्तामोड ल्याइएको छ भने पिकअप र चालक प्रहरी चौकी तिनघरेको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्