नेपाली क्रिकेट टिमको जित, यूएईलाई ३ विकेटले हरायो

<span class='c1'>नेपाली क्रिकेट टिमको जित,</span> <span class='c2'>यूएईलाई ३ विकेटले हरायो</span>

काठमाडौं । घरेलु टोली नेपालले यूएईविरुद्धको एदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा जित निकालेको छ । बुधबार भएको दोस्रो एकदिवसीय खेलमा नेपालले यूएईलाई ३ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १९२ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ५ बलमा ७ विकेट गुमाउँदै १९३ रन बनायो ।

नेपालका लागि गुलसन झाले सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै कुशल भुर्तेलले ३५ रन बनाउँदा दिपेन्द्रसिंह ऐरिले ३२ तथा आरिफ शेखले ३३ रन बनाए । यूएईका लागि रोहन मुस्तफाले तीन विकेट लिए । त्यस्तै साविर अलीले दुई विकेट लिँदा बसिल हामेदले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९१ रन बनाएको थियो । यूएईका लागि मोहमद वसिमले ५० रनको अर्धशतकीय पारी खेले । ४६ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे ।

त्यस्तै अलिसान सरुफले ३५ रन बनाउँदा अरविन्दले २५ तथा बसिल हामेदले २४ रन बनाए । नेपालका लागि बलिङतर्फ सोमपाल कामी र ललित राजवंशीले तीन–तीन विकेट लिए । त्यस्तै करन केसी, गलशन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

यो जितसँगै नेपालले तीन खेलको सिरिज १–१ को बराबरी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्