विराटनगर । देशभर स्वतन्त्र उमेदवारको चर्चा रहेको बेला विराटनगर ११ निवासी टेक बहादुर अधिकारीले पनि मोरङ क्षेत्र नम्बर ६ बाट प्रत्यक्षतर्फ उम्मेदवार दिएका छन् ।
उनी हाल जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् ।
उनी जनताका गुनासो सुनेर त्यसलाई सम्बोधन गरेर जनतालाई मत माग्न व्यस्त रहेका छन् ।
जनता पुराना राजनीतिक दलबाट कुनै विकास सम्भव नरहेको हुनाले यसपटक जनताले नयाँ अनुहारलाई मौका दिने उनले बताए ।
उक्त क्षेत्रमा एमालेबाट लालबाबु पण्डित र गठबन्धनबाट डा. शेखर कोइराला चुनावी मैदानमा रहेका छन् ।