निर्वाचन विशेष : सुनसरी–४ का कार्यकर्तामा उत्साह, मतदाता निरास

<span class='c1'>निर्वाचन विशेष : सुनसरी–४ का</span> <span class='c2'>कार्यकर्तामा उत्साह, मतदाता निरास</span>

सुजता लिम्बू
विराटनगर । तराईको रापिलो घाममा भोट माग्न आउनेजानेको ताँतिले माहोल उत्तिकै तताएको छ । चुनावी माहोलले यतिबेला उम्मेदवार, नेता कार्यकर्ताहरुमा उत्साह छाइरहदा यता सुनसरीको हरिनगरा ५ बसन्तटोलका अधिकांश मतदाताहरु भने निरास छन् । भोट माग्न आउनजाने उम्मेदवारलाई आफ्नो अमूल्य मत दिने वाचा गरे पनि दिनेश कुमार मेहतालाई भने कुनै पनि नेतालाई भोट हाल्न मन नभएको बताउछन् । निर्वाचन ताका एजेण्डा र आश्वसनका पोका मतदाताको आँगनमा फालेर हिँड्ने नेताहरु देखि आजित बनेका मेहता यो निर्वाचनमा कुनै उत्साह नभएको सुनाउछन् ।

उनको गत वर्ष कात्तिकमा ४ विगाहा खेतमा लगाएको धान सुुनसरी खोलाको बाढीले बगायो । उनले क्षतिपूर्तिका लागि पालिकामा निवेदन नदिएका पनि होइनन् । तर, क्षतिपूर्ति अझैसम्म नआएको उनी गुनासो सुनाउछन् । ‘बाढिले ४ विगाहा जग्गामा लगाएको धान क्षति गरेपछि १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेके थिए ।’ उनी सुनाउछन्,‘ तर, क्षतिपूर्ति आएन ।‘ जनताको समस्याको समाधान गर्न नसकेकै कारण उनी नेताहरु र पार्टीसँग रुष्ट रहेको बताउछन् ।

त्यसो त उनी एक्लै मात्रै होइन राजनीतिक दलसँग रुष्ट भएका । हरिनगरा ६ का रामु मेहता पनि सोही कारण नेताहरुसँग रुष्ट बनेका छन् । ‘गत वर्ष कार्तिकको बाढीले डुबेको धानको क्षतिपूर्तिका लागि फारम भराइयो । तर, क्षतिपूर्ति एक रुपैयाँ पनि आएन,’ मेहता भन्छन्, ‘नेताहरुले घुस्कीमा आएर भाषण गरेका थिए । त्यसबेला क्षतिपूर्ति दिन्छु भनेका थिए । तर अहिलेसम्म आएन ।’
निर्वाचनको अभियानमै रहेका नेताहरुले भने क्षतिपूर्ति दिनका लागि विभिन्न प्रक्रियागत झण्झट भएको कारण किसानले पाउन नसकेको प्रतिक्रिया दिएका छन् ।

उसो त सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ नेपाली राजनीतिक उर्वरभूमि मानिन्छ । यहि क्षेत्रबाट देशको ५ पटकसम्म प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरला लगनतार तीन पटक निर्वाचित भएको क्षेत्र हो । यसैले पनि चर्चामा रहेको यो क्षेत्रबाट प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा यतिबेला सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रदेश १ का पूर्व पर्यटन मन्त्री समेत रहेका एमाले नेता जगदिश कुसियैत चुनावी मैदानमा उत्रिएका छन् । उनीहरु दुवैको चुनाव जित्ने एउटै माध्यम रहेको छ आ—आफ्नो ५ वर्षे कार्यकाल । आफू निर्वाचन जितेर गएपछि ५ वर्षको अवधिमा विकासका काम धेरै गरेको आफ्ना निर्वाचन क्षेत्रका जनताले देखेको ज्ञानेन्द्रबहादुर कार्कीको दाबी छ । उनले आफूले निर्वाचन क्षेत्रमा ५ वर्षको अवधिमा झण्डै १० अर्बको योजना भित्रयाएको दाबी गर्र्दै उनी सुनाउछन्,‘ अहिले पनि काम धमाधम भइरहेको छ,’

सुनसरी क्षेत्र नम्बर ४ को चुनावी कार्यक्रममा प्रतिक्रिया दिँदै संचारमन्त्री कार्कीले आफूले गरेको कामहरु जनताले प्रत्यक्ष देखेको बताउदै उनले निर्वाचन परिणाम के हुन्छ भन्ने कुरा ७ गते सुन्न आउन आग्रह गर्दै भने,‘मैले कति हजारको मतान्तरले जित्छु थाहा हुन्छ ।’
यता चुनावी अभियानमा नै भेटिएका कुसियैत पनि आफूले ५ वर्षे कार्यकालमा गरेका कामले निर्वाचन जित्नमा ढुक्क रहेको दावी गर्छन । आफू प्रदेश सरकारमा भएको बेला ३२ वटै वडामा करोडौंको बजेट ल्याएर काम गरेको दाबी गर्दै यनी आफूले गरेको विकासको मोडल देखेर यो निर्वाचनमा जनताले जिताउनेमा ढुक्क रहेको जिकिर गर्छन् ।

आफूलाई सुनसरी क्षेत्र नम्बर ४ को माटो र भूगालले चिनेको बताउदै उनी जसपासँगको गठबन्धनले पनि आफूलाई चुनाव जित्न सहज भएको बताउछन् । उनी भन्छन्,‘जसपाले २०७४ मा सघाएकैले काँग्रेसले जित्यो । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्