विराटनगर । विराटनगर ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु शनिबार बिहान भेटिएको छ ।
शनिबार बिहान ६:३० बजे बजेतिर पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद एउटा झोला देखिएको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।
‘पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद वस्तु फेला परेको छ,’ उनले भने, ‘अहिले नेपाली सेनाको बम डिस्पोजन टोलीलाई खबर गरिसकेको बताए । सेनाको टोली घटनास्थलतर्फ जादैछ ।’
आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।