विराटनगर । विराटनगर ३ स्थित पुष्पमार्गमा बमजस्तै देखिने शंकास्पद वस्तु डिस्पोज गरिएको छ ।
थलाहा नेपाली सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो ।
शनिबार बिहान ६:३० बजे बजेतिर पुष्पलाल चौकदेखि दक्षिणतिर पुष्पमार्गमा शंकास्पद एउटा झोला देखिएको हो । उक्त शंकास्पद देख्ने साथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाइएको थियो । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली शंकास्पद वस्तु डिस्पोज गरेको जानकारी दिए ।
शंकास्पद वस्तुभित्र कपडा, मोबिल फेला गरेको तर बम नभएको बम डिस्पोज टिमले पुष्टी गरेको छ। उक्त शंकास्पद कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदातालाई त्रसित पार्नका लागि त्यस्ता वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ ।