विराटनगरमा मोरङ क्षेत्र नम्बर ४,५,६ को मतगणना आदर्श विद्यालयमा गरिने

<span class='c1'>विराटनगरमा मोरङ क्षेत्र नम्बर ४,५,६</span> <span class='c2'>को मतगणना आदर्श विद्यालयमा गरिने</span>

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौंलगायत तराईका जिल्लामा आज राति ९ बजेबाट  मतगणना सुरु गरिने बताएका छन् ।उनले साँझ ५ बजे मतदान कार्य सम्पन्न भएपछि सबै मतपेटिका संकलन गर्ने कार्य प्रारम्भ हुने बताए ।

७ बजेसम्म मतपेटिका संकलन गरी एकघण्टा छलफलको समय राखेर आजै राति ९ बजेदेखि मतगणना कार्य सुरु हुने उनले जानकारी दिए ।

निर्बाचन समाप्त पछि मोरङका चार स्थानबाट मतगणना गरिने भएको छ ।

मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालय, क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), क्षेत्र नम्बर ३ मतगणना बेलबारी नगरपालिकाको भगवती माध्यमिक विद्यालयमा गरिने र निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगर महानगर पालीकाको आदर्श माध्यमिक विद्यालयमा गणना गरिने जानकारी गराइएको छ  l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्