तेह्रथुमको प्रदेशसभा २ का उम्मेदवारहरुले एकसाथ मत खसालेका छन् ।
सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई र नेकपा एमालेका उम्मेदवार तेजमान कन्दङ्वाले एकसाथ मतदान गरेका हुन् ।
दुबै उम्मेदवारले जिल्लाको जिल्लाको आठराई गाउँपालिकास्थित सरस्वती मावि होडा मतदान केन्द्रमा एकसाथ मतदान गरेका हुन् ।
मतदानपछि दुबै उम्मेदवारले एकसाथ मतपत्र मतपेटीकामा खसालेका थिए ।