विराटनगर। मोरङको निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।
आइतबार सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु भएको हो । सोमबार बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान १ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरे पनि ३० मिनेट पछी मात्रै मतगणना सुरु भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेकनकास्यप अधिकारीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ। मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन्।
मतगणनालाई सुरक्षित बनाउन तारजालिकाे प्रयोग गरिएको छ । गणनास्थलमा उम्मेदवार र राजनीतिक दलको एकरएक जना प्रतिनिधिलाई सहभागी गराइएको छ।
मोरङको क्षेत्र-४ मा ६७.७२ प्रतिशत मत खसेको छ । ४ नम्बर क्षेत्रमा १ लाख १० हजार ९३ मतदातामा रहेको क्षेत्रमा ७४ हजार ५५७ मत खसेको छ । क्षेत्र -४ (क) मा ४१ हजार ६९२, क्षेत्र-४(ख) मा ३२ हजार ८६५ मत खसेको छ ।