मनाङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

<span class='c1'>मनाङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका</span> <span class='c2'>टेकबहादुर गुरुङ विजयी</span>

काठमाडौँ । मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । गुरुङले उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गर्नुभयो ।

कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गर्नुभयो भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गर्नुभयो । कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति हुनुहुन्छ । उहाँ पूर्व श्रम राज्यमन्त्री हुनुहुन्छ । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गर्नुभएको छ भने १९ मत बदर भएको छ ।

त्यसैगरी मनाङ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्