सातौँ मिस्टर पूर्वाञ्चल कुल बहादुर

<span class='c1'>सातौँ मिस्टर पूर्वाञ्चल</span> <span class='c2'>कुल बहादुर</span>

विजय धिमाल
धरान २६ चैत्र
धरान १५ स्थित रहेको एलाईनेट जिमको आयोजनामा चैत्र २५ गते भएको सातौँ मिस्टर पूर्वाञ्चल खुल्ला क्षेत्रिय शारिरिक सुगठन प्रतियोगिता २०७२ को उपाधि कुल बहादुर श्रेष्ठले हत्याएको छ ।

स्वास्थ्य जिवन सुन्दर भविष्य हरेक युवाको सपना, नियमित व्यायाम स्वच्छ समाज एलाईनेट जिमको चाहना भन्ने मुल नाराका साथ आफ्नो १३ औँ प्रस्तुती भएको हो । प्रतियोगितामा ५५ के जि तर्फ ६ जना, ६० के जि तर्फ ५ जना , ६५ के जि तर्फ ४ जना र ७० के जि तर्फ ६ जना गरी जम्मा २१ जना सहभागी रहेको थियो । चार वटा क्याटोगरी बाट प्रथम स्थान हाँसिल गर्ने क्रमश छत्रवाल श्रेष्ठ, सुरेश राजबंशी, बिकास धिमाल र कुल बहादुर श्रेष्ठ भएकाथिए । यी चार क्याटोगरी तौलमा प्रथम स्थान हाँसिल गरेका चार प्रतिशपर्धि बिच फइनल खेल भएको थियो । फाइनलमा तिन जनालाई पछि पार्दै कुल बहादुर श्रेष्ठ सातौ मिस्टर पूर्वाञ्चलको उपाधि चुम्न सफल भएका थिए । त्यस्तै बिकास धिमाल मष्ट मस्कुलर टाइटल सहित दोश्रो भएका थिए भने अर्को टाइटल देवराज पराजुलीले बेष्ट पोजर हत्याएका थिए । त्यस्तै सुरेश राजबंशी तेश्रो, छत्र बहादुर श्रेष्ठ सान्तवना भएका थिए ।

उपाधि संगसंगै ट्रफि, म्यडल सहित नगद राशि क्रमश ६० हजार, ३० हजार, २० हजार र १५ हजार रहेको थियो । प्रतियोगिताका जर्ज चित्रराज भण्डारी, पुष्प श्रेष्ठ, शिब मुखिया र प्रेम खड्का रहेका थिए । निर्णायक मध्येको पनि प्रमुख निर्णायकको भुमिका पुष्प श्रेष्ठले गरेका थिए । र कार्यक्रम धरान उपमाहानगरपालिका र इनरुवा गाविसको संयोजन साथै सुनसरी शारिरिक सुगठन फिटनेस संघ र धरान खेलकुद संघको प्राविधिका सहयोग रहेको अध्यक्ष बिक्रम राईले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष रवि नगरकोठी, बिशेष अतिथि धरान उपमाहानगरपालिकाका अधिकृत, अतिथिहरुमा स्थानिय राजनैतिक दलका प्रतिनिधि, बिभिन्न खेलकुद बिधाका प्रतिनधि, स्थानिय समाजसेवि, सहयोगी संघसंस्थाका प्रतिनिधि रहेको थियो भने एलाईनेट जिमका अध्यक्ष बिक्रम राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्