इटहरी । सुनसरी क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बोले अग्रता बनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता तोड्दै सत्ता गठबन्धनका मेन्याङ्बो अगाडी भएका हुन् ।
हालसम्म ७ हजार ४३६ मत गणनामा उनले १ हजार ५५५ मत ल्याएका छने । जनता समाजवादी पार्टीका अशोकुमार राईले १ हजार ३४१ मत पाएका छन् । रास्वपाकी तामाङ १ हजार २८८ मत ल्याउँदै तेस्रो स्थानमा झरेकी छन् ।
स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले १ हजार १५४ मत पाएका छन् भने राप्रपाका अशोककुमार राई अविरल १ हजार ५६ मत ल्याउँदै तेस्रो स्थानमा छन् । राप्रपाका राईले सुरुवाती अग्रता लिएका थिए ।