खोटाङ प्रदेशसभा (२) मा कांग्रेसका भूपेन्द्र राई विजयी

<span class='c1'>खोटाङ प्रदेशसभा (२) मा</span> <span class='c2'>कांग्रेसका भूपेन्द्र राई विजयी</span>

खोटाङ । खोटाङ प्रदेशसभा (२) वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी हुनुभएको छ ।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार एक सय ४० बढी मत ल्याएर राई प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार राईले १६ हजार चार सय ९६ मत र दङ्गालले १४ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षमा विजयी राईले प्रदेशसभामा फड्को मार्नुभएको हो ।

गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राईले कोभिड सङ्क्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म पु¥याएर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्