नवयुगको गोलले आर्मीलाई झापा गोल्डकप

<span class='c1'>नवयुगको गोलले आर्मीलाई</span> <span class='c2'>झापा गोल्डकप</span>

झापालाई १–० ले पराजित गर्दै नेपाल आर्मी क्लबले झापा गोल्डकपको उपाधि उचालेको छ ।  मोफसलकै सर्वाधिक पुरस्कार राशिसहितको उपाधि आर्मीलाई दिलाउने क्रममा नवयुगले खेलको १८ औं मिनेटमा गोल गरेका थिए

नवयुगले विमल राना मगरको क्रस पासलाई सदुपयोग गरेको एक गोल नै आर्मीलाई उपाधि दिलाउन पर्याप्त भयो । बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालमा पहिलो हाफमा लिएको अग्रतालाई आर्मीले दोस्रो हाफसम्म पनि कायम राख्न सफल भयो ।    अर्कातिर झापाका लागि अघिल्ला खेलमा चलेका कर्ण लिम्बूसहितका स्ट्राईकरहरु गोल गर्न असफल रहे । पहिलो हाफमा आर्मीले लिएको अग्रता दोस्रो हाफमा पनि तोड्न नसक्दा झापाले हजारौं समर्थकमाझ घरको उपाधि आर्मीलाई बुझाउन बाध्य भयो ।  सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी थ्री स्टारलाई पाखा लगाएको झापाले आर्मीविरुद्ध राम्रो खेल पस्केर पनि उपाधि सुम्पिन बाध्य भयो । आर्मीले यसअघि मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै झापासँगको उपाधि भिडन्त पक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्