विराटनगर । एमालेको गढ मानिएको मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले भारी मतको अग्रता लिएका छन् ।
हालसम्म एमालेका भानुभक्त ढकालसँग ११ हजार मतको अग्रता बनाएका हुन् ।शर्माले २४ हजार ९६२ मत पाएका छन् ।
ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार रेखा थापाले ५ हजार ६८८ मात्रै मत पाएकी छन् ।