मोरङ २ मा सुजातालाई बुबाको विरासत जोगाउन मुस्किल

<span class='c1'>मोरङ २ मा सुजातालाई</span> <span class='c2'>बुबाको विरासत जोगाउन मुस्किल</span>

विराटनगर । मोरङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेस नेतृ सुजाता कोइराला १ हजार ३६३ मतले पछाडी परेकी छिन् । मतगणनाको सुरुवातदेखि थोरै मतको अन्तरले एमालेका ऋषिकेश पोखरेलसँग अघिपछि हुँदै आएकी कोइराला अन्तिम नतिजा आउने समयमा अझ पछि पर्दै गएकी हुन् ।

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएको क्षेत्रमा यस पटक छोरी सुजता उमेदवार बनेकी थिइन् । तर, उनलाई बाबुको बिरासत जोगाउन मुस्किल भईरहेको छ ।

अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट काँग्रेसका मिनेन्द्र रिजालले एमालेका ऋषिकेश पोखरेललेलाई पराजित गरेका थिए । यो निर्वाचनमा पोखरेलले २९ हजार ११६ मत ल्याउदा कोइरालाले २७ हजार ७५३ मतसहित पछ्याई रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्