सुनसरी–१ प्रदेशसभा (१) मा बस्नेत र सुनसरी–२ प्रदेशसभा (१) मा भण्डारी

<span class='c1'>सुनसरी–१ प्रदेशसभा (१) मा बस्नेत र</span> <span class='c2'>सुनसरी–२ प्रदेशसभा (१) मा भण्डारी</span>

सुनसरी । सुनसरी क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेकपा (एमाले) का उम्मेदवार रमेशकुमार बस्नेत विजयी हुनुभएको छ ।

आज सार्वजनीक भएको प्रदेशसभाको अन्तिम मतपरिणामअनुसार बस्नेतले निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश थापालाई एक हजार तीन सय ५० मतान्तरले पराजित गर्नुभएको हो ।

बस्नेतले ११ हजार एक सय दुई तथा कांग्रेसका थापाले नौ हजार सात सय ५२ मत प्राप्त गर्र्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा (१) मा कुल ३९ हजार सात सय १३ मत खसेकामा ३७ हजार नौ सय ४२ मत सदर भएको थियो ।

यसैगरी सुनसरी क्षेत्र नं २ प्रदेशसभा (१) मा एमालेका रेवतीरमण भण्डारी विजयी हुनुभएको छ । उहाँले इटहरी उपमहानगरपालिकाका पूर्वमेयर, माओवादी केन्द्रका द्वारिकालाल चौधरीलाई पराजित गर्नुभएको हो । भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्षसमेत हुनुहुन्छ । भण्डारीले १४ हजार पाँच सय २८ तथा चौधरीले ११ हजार आठ सय ४५ मत प्राप्त गर्नुभएको छ । दुवैजनाबीच दुई हजार छ सय ८३ मतान्तर रहेको छ ।

त्यसैगरी राप्रपाका मोहनबहादुर खत्रीले नौ हजार ३२२ तथा स्वतन्त्र उम्मेदवार दीपेन्द्र घिमिरेले तीन हजार २०८ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्