मोरङ, चैत्र २७
मोरङको इटहरामा चुरोट खानेक्रममा आगो सल्किंदा जलेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार सांझ घरमा कोही नभएको अवस्थामा चुरोट खानेक्रममा शरीरमा आगो सल्किंदा जलेर घाइते भएकी इटहरा ३ बस्ने ४२ वर्षिया कमला धिमालको आज मृत्यु भएको हो।
आगोले जलेर गम्भीर घाइते भएकी उनलाई उपचारकालागी विपी कोइराला स्वास्वथ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उनको आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।