सुनसरी १ मा असोक राईको आग्रता कायम

सुनसरी १ मा असोक राईको आग्रता कायम

विराटनगर । यतिबेला धरान उपमहानगरसहितको सुनसरी निर्वाचन क्षेत्र नम्बर १ का रोचाक प्रतिस्पर्धा भईरहेको छ ।
यो क्षेत्रमा दुई दलका स्थापित नेताहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले चुनौती दिईरहेकी छिन् ।

मतगणनाको समय देखि अग्रता कायम राख्दै आएकी तामाङ सनिवार साँझ देखि भने उनको अग्रतामा ब्रेक लाग्दै आएको छ । अर्थात यतिबेला तामाङलाई उछिनेर जसपाका असोक राई अगाडी बढेका छन् । यो समाचार तयार पार्दासम्म राईले र तामाङ बीत ११८ को मत अन्तर रहेको छ । राईले १४१०५ मत ल्याउदा तामारङले १३९८७ मत ल्याएकी छिन् । माओवादी केन्द्रका मुक्सामहाङ लिम्बूले १० हजार ९९० मत ल्याएका छन् ।

असोक राईलाई चुनौती दिने गोमा को हुन् ?

‘मलाई त राजनीति क्षेत्रमा आइपुग्छु भन्ने लोगेकै थिएन’, हाँस्दै सुनाउँछिन् गोमा। भाग्यले जुराएको राजनीतिक यात्रा भन्न रुचाउने गोमासँग राजनीतिक दलमा उदाएका नेताहरूको जस्तो जेल जीवनमा बिताएका अनुभव छैन। उनीसँग त इजरायल बसेर श्रमको मूल्य नपाएका नेपालीका लागि आवाज बन्ने गरेको अनुभव भएको बताउँछिन्।

सर्लाहीको मोतिहारमा जन्मेकी तामाङले सुनसरीको धरानलाई घर बनाएकी छन्। त्यसो त केही वर्षअघि धरान घर नभए पनि माइती थियो। उनका साथमा श्रीमान् थिए। सँगै दुई सन्तान पनि तर अहिले उनको परिचय फेरिएको छ। उनी हिजो कसैकी श्रीमती थिइन् भने अहिले श्रीमान् बनेका छन्। सम्बन्धविच्छेद पछि उनले धरानमा श्रीमतीको रूपमा देवी कार्कीलाई जीवनसँगिनीको रूपमा आफ्नो जीवनमा भित्र्याएका छन्।

उनी आफूलाई खुलेरै समलिङ्गी भन्न रुचाउँछन्। समाजमा खुलेरै जिउन रुचाउने उनी यो निर्वाचनमा सांसद बन्छु भन्ने अपेक्षा समेत गरेकी थिइनन्।

‘मेरो भाग्यले जुराएको हो, धरानमा आएर राजनीति गर्छु भन्ने सोचेकी थिइनँ तर विकृति विसंगतिे विरुद्ध चाहिँ बोल्ने गर्थें’, उनी भन्छिन्, ‘धरानको माटोले मागेकाले म राजनीतिमा आएँ।’

लामो समय इजरायलम रहँदा वैदेशिक रोजगारीका लागि जाने पीडित महिलाहरूको न्यायका लागि बोल्ने र ठगीमा परेका मानिसहरुको उद्धारमा सहयोग गर्ने गरेको उनले सुनाइन्।

रवि लामिछानेसँग उनको सहकार्य इजरायलमा हुँदादेखि नै भएको उनले बताउँदै भनिन्‚ ‘प्रधानमन्त्रीसँग जनता भन्ने कार्यक्रम चलाउन शुरु गरेपछि नै रवि लामिछानेसँग सहकार्य शुरु भएको हो।’

सम्बन्धविच्छेदपछि समलिंगी विवाह अर्थात् देवी कार्कीसँग विवाह गरेर बसेका उनी राज्यले आफूहरूको विवाहलाई कानूनी मान्यता नदिए पनि समाजले स्वीकार गरेको बताउँछन्।

पहिला श्रीमान् तर्फबाट २९ वर्षका छोरा र २७ वर्षकी छोरी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्