भोजपुरमा पाँच युवा मिलेर दिदी भाईमाथी कुटपिट

<span class='c1'>भोजपुरमा पाँच युवा मिलेर</span> <span class='c2'>दिदी भाईमाथी कुटपिट</span>

भोजपुर, चैत्र २८ भोजपुर जिल्लाको चम्पे गाविसमा शनिवार राती पुजामा आएका पाँच युवाहरु मिलेर दिदी भाईलाई कुटपिट गरेका छन्।

कुटपिटबाट घाइते दिदी भाईलाई उपचारकालागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याइएको छ।

पुजामा आएका चम्पे २ का बिरधन राई, ललित राई, दिलिप राई, मिलन राई र आशिष राईले अनावश्यक वादविवाद गरी १८ वर्षिया दिदी सृजना प्रधान र १६ वर्षका भाई सनिल प्रधानलाई कुटपिट गरी घाइते बनाएका हुन्।

शनिबार राती ती युवाहरु चम्पे ९ स्थित भुवन प्रधानको घरमा पुजामा गएका थिए।

कुटपिटमा संलग्न मध्ये बिरधन राईलाई प्रहरीले अनुसन्धानकालागी नियन्त्रणमा लिएको छ भने अन्य फरार भएकाले खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्