एकैदिन नौसय जना रोजगारको आवश्यकता सिर्जना

एकैदिन नौसय जना रोजगारको आवश्यकता सिर्जना

विराटनगर । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुको श्रम बजार संक्रमणलाई सहज बनाउन विराटनगरमा एक दिने वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । रोजगारदाताले कामदारको आवश्यकता सिर्जना गर्ने र आकांक्षीका लागि रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले कटहरी गाउँपालिका–१ म रहेको फलफूल तथा कृषि थोक बजारमा मेला आयोजना गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले आयोजना गरेको एक दिने मेलामा नौसय कामदारको आवश्यकता सिर्जना भएको छ । जसमा धेरै जुट मिलमा आवश्यक पर्ने जनशक्ति छन् । मेलामा रोजगारदाता कम्पनीहरुको तर्फबाट रिलायन्स स्पिनिङ मिलले जुनियर अपरेटरतर्फ दुई सय पचास जना, अरिहन्त मल्टिफाइवरले दुई सयजना, रघुपति जुटमिलले दुई सयजना श्रमिक कामदारको आवश्यकता सिर्जना गरेका हुन् ।
स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएकाहरु युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्न मेला आयोजना गरिएको हो । रोजगारको खोजी रहेको जनशक्तिलाई रोजगारदातासँग सम्पर्क स्थापीत गराएसँगै उनीहरुको रोजगारी ग्यारेन्टी भएको दावी गरिएको छ ।

मेलाको उद्घाटनका अवसरमा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा.अविनाश बोहराले बर्षेनी करिव ५ लाख युवाहरु श्रम बजारमा आउने गरेको बताउनुभयो । त्यसको ७० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेकाले त्यसलाई स्वदेशमै रोक्न जरुरी रहेको बताउनुभयो । उद्योग प्रतिष्ठानहरुका पनि दक्ष जनशक्तिको अभाव हुँदा छिमेकी मुलुकका श्रमिकहरुले नेपाली श्रम बजारमा पहुँच बढाएकोले त्यसलाई निरुत्साहित गर्दै नेपाली श्रम बजारको बलियो उपस्थिति निर्माण गर्न आवश्यक रहेको बोहराको तर्कछ ।

कटहरी गाउंपालिकाका अध्यक्ष देवराज चौधरीले पहिलो पटक आफ्नो क्षेत्रमा रोजगार मेलाको आयोजना गरेर बेरोजगारको लागि अवसर सिर्जना गरिएको बताउनुभयो । उहाँले औद्योगिक क्षेत्रमा आवश्यक पर्ने जनशक्ति पूर्ति गर्न गाउँपालिकाले अभिप्रेरित गर्ने बताउनुभयो । मोरङका प्रमुख जिल्ला जिल्ला अधिकारी काशीराज दाहालले रोजगार मेलाको आयोजना गरि बेरोजगारहरुलाई रोजगारी दिने कार्य अत्यन्तै प्रशंसनीय रहेको बताउनु भएको थियो ।
मेलामा होटल तथा पर्यटन क्षेत्रबाट पाँचसय, निर्माण व्यवसायसम्वद्ध संस्थाहरुले दुईहजार ५०० सय सुदर्शन सेक्यूरिटीले एकसय जना सीप भएका कामदारको आवश्यकता भएको विवरण दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्