विराटनगर । विजयी जुलुश निकाल्ने क्रममा दुहबी नगरपालिका–९ मा दुई समूहबीच झडप भएको छ ।
सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भगवती चौधरीको विजय जुलुशमा रङ्ग दल्ने क्रममा दुई पक्षबीच झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थिति अहिले प्रहरीले नियन्त्रणमा लिईसकेको जानकारी दिएका छन् । विजयी जुलुश मनाउँदै हिड्ने समूहसँग अर्को समूहले अवरोध सिर्जना गरेको थियो ।
प्रहरीले विजयी जुलुश गईरहेको मार्ग परिवर्तन गराएपछि अवस्था सामान्य बनेको छ ।
प्रहरी उपरीक्षक ढकालले अहिलेको अवस्था सामान्य भईसकेको बताएका छन् ।