नेपालमै बसेर बेलायतको डिग्री सहित विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी दीक्षित

<span class='c1'>नेपालमै बसेर बेलायतको डिग्री सहित</span> <span class='c2'>विराटनगर इन्टरनेसनल कलेजका विद्यार्थी दीक्षित</span>

विराटनगर । विराटनगर इन्टरनेसनल कलेजका पाँचौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित भएका छन् ।

बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गरेको हो । इटहरीको सोल्टी होटेलमा बिहिबार आयोजित कार्यक्रमका बीच विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । कलेजका ६२ जना बिद्यार्थी दिक्षान्त कार्यक्रममा सामेल भएको कलेजका अपरेशन तथा बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । वेलायतको व्लभरह्याम्टन विश्वविद्यालयका सह उपकुलपति टिम स्टिलले बिद्यार्थीहरुलाई दीक्षित गरेका थिए । उनले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त समेत गरे । साथै दीक्षित हुने विद्यार्थीलाई बधाई दिँदै उनले भविष्यमा देशको लागि उल्लेखनीय काम गर्न हौसला पनि दिए ।

इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको र नेपाली बजार मात्रै हैन विश्वबजारलाई काम लाग्ने जनशक्ति उत्पादन गर्न सफल हुदै आएको बताए ।

कलेजमा बिद्यार्थीहरुले अन्तर्राष्ट्रिय शिक्षा पाउन सफल भएको साथै नेपाल र नेपाल बाहिर पनि बिद्यार्थीहरुले रोजगारीमा उच्च लगनका साथ काम गर्न सक्ने कलेजका प्रमख कार्यकारी डा ऋषिकेश वाग्लेले बताए । उक्त कार्यक्रममा कलेजले प्रदान गर्ने आइएनजी ग्रुप छात्रवृतिबाट एमबिए अध्ययन निशुल्क साथै रोजगारीको सुनिस्चता सहित कलेजकी छात्रा अमिसा आचार्यलाई सो छात्रवृति प्रदान गरिएको थियो ।

विराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) र बिगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्