प्रदेश १ को झापा, मोरङ र सुनसरीबाट निमावी लाइसेन्स वितरण

<span class='c1'>प्रदेश १ को झापा, मोरङ</span> <span class='c2'>र सुनसरीबाट निमावी लाइसेन्स वितरण</span>

विराटनगर । निम्न माध्यमिक विद्यालय अध्यापन अनुमतिपत्र उत्तिर्ण गरेकाहरुले प्राप्त गर्ने लाइसेन्स वितरण सुरु भएको छ । प्रदेश १ मा परीक्षा लेखेर उत्तिर्णहरुले झापा, मोरङ र सुनसरीबाट अध्यापन अनुमतिपत्रको लाइसेन्स लिनसक्ने छन् ।

शिक्षा सेवा आयोगले शिक्षा विकास तथा समन्वय इकाई झापा, सुनसरी र मोरङबाट लाइसेन्स लिनसक्ने सुविधा उपलब्ध गराएको हो । प्रदेश १ मा यी तीन जिल्लामा परीक्षा भएकोले सम्बन्धित जिल्लामा परीक्षा लेखेर उत्तिर्ण भएकाहरुले लाइसेन्स लिनसक्ने भएका हुन् ।

लाइसेन्स लिनका लागि निवेदनको साथमा नागरिकता प्रमाणपत्रका् प्रतिलिपि, दुईप्रति अटो साइजको फोटो, शैक्षिक योग्यताको प्रमाणपत्र प्रतिलिपि, तालिमको प्रमाणपत्र प्रतिलिपि (शिक्षाशास्त्र संकायको हकमा नपर्ने) आवश्यक पर्नेछ । त्यस बाहेक सबै कागजातको सक्कल प्रति समेत साथमा लिएर व्यक्ति आफैं उपस्थित हुन सूचना जारी गरिएको छ । यदि अर्को व्यक्तिलाई बुझ्न पठाउने भए मन्जुरी नामासहित उल्लेखित कागजात अनिवार्य गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्