आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्ने

<span class='c1'>आईसीसी क्रिकेट विश्वकप लिग टु</span> <span class='c2'>शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्ने</span>

काठमाडौं । नामिबियामा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु शृंखलामा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार आइतबार दिउँसो पौने २ बजे विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा सुरु हुनेछ ।

नामिबिया विरुद्धको पहिलो खेल वर्षाका कारण प्रभावित बनेपछि नेपालले एक अंक पाएको थियो ।

स्कटल्याण्डले भने शृंखलाको पहिलो खेलमै नामिबियालाई पराजित गरेको थियो ।

नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ । पहिलो खेलमा नेपालले आफ्नो इनिङ्स पूरै ब्याटिङ गर्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाउनु बाहेक अन्य ब्याटरले राम्रो खेल्न सकेनन् । वर्षाले खेल प्रभावित बन्दा नेपालले बलिङ गरेन । त्यसैले स्कटल्याण्ड विरुद्ध खेल्दा नेपालको बलिङ पनि परीक्षण हुनेछ ।

टिममा रहेका १४ मध्ये पहिलो खेलमा करण केसी, हरिशंकर शाह र नन्दन यादव बेन्चमा थिए । दोस्रो खेल कन्डिसन अनुसार नेपाली टिममा परिवर्तन हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्