धरानमा ११ औँ संस्करणको १० किमी रन हुदै, विजेतालाई ६० हजार पुरस्कार

<span class='c1'>धरानमा ११ औँ संस्करणको १० किमी</span> <span class='c2'>रन हुदै, विजेतालाई ६० हजार पुरस्कार</span>

विराटनगर । सुनसरीको धरानमा आगामी फागुन १३ गते ११ औँ संस्करणको धरान १० किमी रन नेवा च्यारिटी हुने भएको छ ।

धरान रन समुहले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ११ औं संस्करण हुने बारे जानकारी गराएको हो ।

यसपाली पहिलो पटक दौडमा चिप टाइमिङ सिस्टम प्रयोगमा ल्याइएको धरान रन समुहका अध्यक्ष रमु राईले जानकारी दिनुभयो ।
प्रत्येक धावक धाविकाहरुलाई चेस्ट नम्बरमा चिप लगाएर समय मापन गरिने अध्यक्ष राईले बताउनुभयो । यसले कोही पनि दौडको बीचमा फास्ट ट्रयाकबाट दौडन नसक्ने र सही टाइमिङ देखिने राईले बताउनुभयो ।

ह्विलचियर र १३ बर्ष मुनिकाबाहेक अन्य उमेर समुहका सहभागीहरुलाई चिप लगाउने अध्यक्ष राईले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुनको लागी पेपरलेस बनाउने उद्देश्यले ई-सेवासँग समन्वय गरेर अनलाइन फर्म भर्ने पनि व्यवस्था गरिएको छ ।
प्रतियोगितामा १६ देखि ३९ बर्षसम्मका खुल्ला दौड समुहतर्फ महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

१३ बर्षमुनिकालाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ । १३ देखि १६ बर्षभित्रकाहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइनेछ भने ४० बर्षमाथिका भेट्रान समुहका विजेताहरुलाई पनि क्रमशः ७ हजार, ५ हजार र ३ हजार दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ह्विलचियर रेस पनि हुनेछ भने सबैलाई टि-सर्ट उपलब्ध गराउने धरान रन समुहले जनाएको छ । वातावरण संरक्षणको लागि प्लाष्टिकजन्य बोतल, गिलासलाई न्युनिकरण गर्ने र खेलकुद तथा समाजमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान पनि गरिने समुहले जनाएको छ ।

नेवा च्यारिटी अन्तर्गत रहेको नेवा एजुकेशन फण्डबाट विद्यार्थीहरुलाई छात्रवृत्ति निरन्तरता दिइनेछ । एजुकेशन फण्डको ब्याजबाट प्रत्येक ३ महिनामा १२ जना विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामग्री (छात्रवृत्ति) प्रदान गर्दै आइरहेको छ । यसपटकको संस्करणमा बिबिसी सेफका विजेता सन्तोष साह प्रमुख व्यक्तित्वको रुपमा आउने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्