प्रदेश १ मा आइतबार १८ वटा सवारी दुर्घटना ,३१ जना घाइते

<span class='c1'>प्रदेश १ मा आइतबार १८ वटा</span> <span class='c2'>सवारी दुर्घटना ,३१ जना घाइते</span>

विराटनगर । प्रदेश १ मा आइतबार मात्रै १८ वटा सवारी दुर्घटना भएको छ ।

प्रदेश १ मा आइतबार १८ वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।

रवी राँके सडक अन्तरगत भएको माङसेबुङमा नेपाली सेनाको गाडी दुर्घटना हुँदा १५ जना सेना घाइते भएका छन् । भने घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मिक्लाजुङ गाउँपालिका-८ बुधबारे बजारबाट रणशेर गण फिदिमतर्फ आउदै बा १ ग ३४४२ नम्बरको नेपाली सेनाको वानटन गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

आइतबार सबैभन्दा बढी सुनसरीमा सात वटा सवारी दुर्घटना भएका छन् । भने सात वटा सवारी दुर्घटनामा परि सुनसरीमा नौ जना घाइते भएका छन् ।

झापामा २ वटा सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् । यस्तै मोरङमा २ वटा सवारी दुर्घटनामा परि २ जना घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी उदयपुरमा पनि सवारी दुर्घटना भएको छ ।

४ जनाको अवस्था भने गम्भीर रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्