करणी भएको आठ महिनापछि प्रहरीमा जाहेरी, चारजना पक्राउ

<span class='c1'>करणी भएको आठ महिनापछि</span> <span class='c2'>प्रहरीमा जाहेरी, चारजना पक्राउ</span>

विराटनगर । जर्बरजस्ती करणी भएको आठ महिनापछि पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् ।

पीडितको जाहेरीका आधारमा प्रहरीले २०७९ बैशाख २७ गते घटनामा संलग्न भएको आरोपमा चारजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्का अनुसार गत बैशाख २७ गते बेलुका ८ बजे इटहरी–१० निवासी १९ वर्षीया किशोरी विवाहबाट फर्कने क्रममा बुढीखोला किनारमा उनीमाथि जर्बरजस्ती करणी भएको थियो ।

घटनामा संलग्न इटहरी १० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धिरज चौधरी र ३१ वर्षीय सरोज चौधरीले कसैलाई भनिदिए मारिदिने धम्की दिएपछि उनी प्रहरीसम्म जान नसकेको भन्दै मंसिर १७ गते जाहेरी दिएकी हुन् ।

आरोपितले पीडितमाथि डरधम्की दिएर परिवारलाई नै मार्ने भनेपछि जाहेरी दिन नआएको तर डरधम्की दिने काम निरन्तर गरेपछि जाहेरी दिन बाध्य भएको पीडितले प्रहरीमा लेखाएको उजुरीमा उल्लेख छ । प्रहरीले पीडितको जाहेरीका आधारमा आरोपित चारैजनालाई पक्राउ गरेर सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्