तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता : बुढानिलकण्ठ र पोखरीया स्कुल विजयी

<span class='c1'>तेस्रो विराटनगर बास्केटबल प्रतियोगिता : बुढानिलकण्ठ</span> <span class='c2'>र  पोखरीया स्कुल विजयी</span>

विराटनगर । तेस्रो संस्करणको विराटनगर बास्केटबल कप अन्तर्गत आज दुई खेल भएका छन् ।

विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुरुष र महिलातर्फ आज एक-एक खेल भएको हो ।

मंगलबार विराटनगरस्थित कोबास कलेजको बास्केटबल कोर्डमा भएको खेलमा पुरुषतर्फ पोखरीया स्कुललाई १३ –११ अङकले पराजित गर्दै बुढानिलकण्ठ स्कुल विजयी भएको छ।

महिलातर्फको खेलमा पनि अरनिको स्कुललाई ४–२ अङकले पराजित गर्दै पोखरीया विजयी भएको हो। पुरुष र महिलातर्फको खेलमा क्रमशः मौसम माझी र रिदिमा ‘उत्कृष्ट’ खेलाडी घोषित भएका छन्।

त्यसैगरी मंसिर २१ गते पुरुषतर्फ तीन खेलहरु हुने छन् । पोखरीया स्कुल र बिकेभिएम स्कुल, बुढानिलकण्ठ स्कुल र सगरमाथा स्कुल र बिकेभिएम स्कुल र बुढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पोखरीया स्कुल र बुढानिलकण्ठ स्कुलबीच प्रतिस्पर्धा हुनेछ।

विद्यालयस्तरीय तेस्रो विराटनगर बास्केटबल प्रतियोगितामा महिला र पुरुष गरी ८ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक मुकेश यादवले बताएका छन्।

बास्केटबल प्रतियोगिताको फाइनल खेल २३ गते हुने उनले जानकारी दिएका छन्। बास्केटबल कपको पहिलो संस्करण विराटनगरको सगरमाथा स्कुल र दोस्रो संस्करण भने इटहरीको विश्व आदर्श स्कुलले जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्