धरानमा एकल महिलाको हत्या आरोपमा चारजना पक्राउ

<span class='c1'>धरानमा एकल महिलाको हत्या</span> <span class='c2'>आरोपमा चारजना पक्राउ</span>

धरान । धरानमा ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१३ निवासी राईको हत्यामा संलग्न आरोप लागेकालाई प्रहरीले पक्राउ गरेर सार्वजानिक गरेको हो ।

हत्यामा संलग्न धरान–१३ निवासी ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ निवासी २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठले बताएका छन्।
घटनामा मुख्य आरोपित उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृती आमा समुहका सदस्यहरूलाई बोलाएर कुटपिट गरी गंभिर घाइते बनाएको दावी छ । घाइते उषाको उपचारका क्रममा मंसिर १३ गते उपचारका क्रममा मृत्यु भएको थियो। उषाको हत्या पश्चात महिलाहरूले दोषीलाई तत्काल पक्राउ गर्न दावाव दिएका थिए।

उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राई लगायतका नाममा किटानी जाहेरी दिएको छ। तर, अन्य लाई प्रहरीले पक्राउ गर्न सकेको छैन। डीएसपी श्रेष्ठले अन्यको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताएका छन्। उनले उषालाई कुटपिट भएको भिडियो क्लिप फेला परेकाले हत्यामा संलग्न सबैको पहिचान गरी पक्राउ गरी कानुनी दाहेरामा ल्याएर प्रहरीले कार्वाहि प्रकृया अगाडी बढाउने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्