मुख्यमन्त्री राजेन्द्रकुमार राईद्धारा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन

<span class='c1'>मुख्यमन्त्री राजेन्द्रकुमार राईद्धारा प्रदेश</span> <span class='c2'>जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन</span>

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राइले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको उद्घाटन गरेका छन् ।

मुख्यमन्त्री राईसहित स्वास्थ्यमन्त्री जयराम यादव, जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवको उपस्थितिमा आज (बुधबार) प्रयोगशालाको उद्घाटन गरिएको हो ।

प्रदेशमा सञ्चालित सबै स्वास्थ्य प्रयोगशालाहरूलाई नियमन गर्न प्रदेश र स्थानीय सरकारलाई सहयोग गर्ने उद्देश्यले सो प्रदेश जनस्वास्थ्य प्रयोगशालाको स्थापना गरीएको हो । प्रयोगशालाले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, स्थानीय प्रयोगशालाहरूलाई प्राविधिक सहयोग उपलब्ध गराउने, गुणस्तर सुधार गर्ने, मापन गर्ने र तिनीहरूलाई प्रमाणित गर्ने, सर्वसाधारणलाई न्यूनतम लागतमा प्रयोगशाला सेवाहरू उपलब्ध गराउने र चिकित्सा क्षेत्रमा अनुसन्धान र विकास गर्नेजस्ता कार्यहरू गर्ने गर्दछ ।

उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईले स्वास्थ्य र शिक्षामा लगानी गर्नु अत्यावश्यक रहेको बताए । मुख्यमन्त्री राईले भविष्यमा आउनुहुने सरकारले यस क्षेत्रमा बजेट विनियोजन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

यस्तैगरी स्वास्थ्यमन्त्री जयराम यादवले यस प्रयोगशालालाई उत्तम अनुसन्धान केन्द्रको रुपमा अगाडी बढाउने कार्यका लागि प्रदेश सरकारको तर्फबाट सँधै सहयोग मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्