विश्वकप क्रिकेट लिग-२ : नेपाल स्कटल्याण्डसँग पराजित

<span class='c1'>विश्वकप क्रिकेट लिग-२ :</span> <span class='c2'>नेपाल स्कटल्याण्डसँग पराजित</span>

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय प्रतियोगिताको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ ।

नामिबियाको युनाइटेड क्रिकेट क्लब मैदानमा आज भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो । नेपालले दिएको १२० रनको लक्ष्य स्कटल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर पूरा ग¥यो ।

स्कटल्याण्डको जीतमा क्रस्टोफर म्याकब्रिडिले अविजित ४६ रन बनाए भने जर्ज मुन्सीले ४५ रन बनाए । त्यस्तै कायल कोट्जरले १६ रन बनाउँदा कप्तान रिची बेरिङ्टन १२ रनमा अविजित रहे । नेपालका लागि गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३५ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै ११९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेल सर्वाधिक ४७ रन बनाए भने सोमपाल कामीले १६ तथा दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए । ललितनारायण राजवंशीले ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

स्कटल्याण्डका मार्क वाट, ब्राण्डन म्याकमुलेन र सफियान सरिफले समान २/२ विकेट लिए । क्रिस्टोफर म्याकब्रिड, क्रिस सोल र क्रिस ग्रेभिसले समान १/१ विकेट लिए । विभिन्न सात टोली सहभागी विश्वकप लिग दुईमा जीतसँगै स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा छ । नेपाल भने २४ खेलमा १८ अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतियोगितामा नेपालले नामिबियाविरुद्धको पहिलो खेल वर्षा बाधक बन्दा अङ्क बाँडेको थियोे । दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग तीन विकेट तथा तेस्रो खेलमा नामिबियासङ ८६ रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्