जात्रि संगै सांस्कृतिक कार्यक्रम

<span class='c1'>जात्रि संगै</span> <span class='c2'>सांस्कृतिक कार्यक्रम</span>

विजय धिमाल
झापा ३ बैशाख
झापाको गरामनि २ कोपबारी ऐतिहासिक स्थल धिमाल गढ एबमं पर्यटकिय स्थल गोह्री स्थित जात्रि संगै सांस्कृतिक कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ ।

जात्रि संगै सांस्कृतिक कार्यक्रम धिमाल सेवा समाज नेपालको आयोजनामा भएको हो । धिमाल जातिको महान पर्व जात्रि-सिरिजात नयाँ वर्षको बैशाख २ गते मोरङको लेटाङ राजारानि सुरुवात भए संगै झापाको माइपरीका धिमाल समुदायले एकै स्थानमा जात्रि-सिरिजात सम्पन्न गरेको धिमाल जाति विकास केन्द्रका केन्द्रिय सदस्य ज्ञानु धिमाल बताउछन । प्रत्येक वर्ष नेपाल सरकारले कुम्भ मेला, रथयात्रा जस्तो पर्वमा लाखौ करोडौं खचिर्ने गर्दछ मोरङ, झापा र सुनसरी जिल्लामा आदिमकाल देखि धिमाल जाति रहदै आफनो पर्व मनाउन चन्दा उठाउनुपर्ने अवस्था छ, खै समानता र समावेशि ? भरर्खरै देखि धिमाल जातिले पर्व मानेको होइन सदियौं देखि हो अब यो हेपाहा र असमानताको जड फाल्नुपर्ने धिमाल जाति विकास केन्द्रका केन्द्रिय महासचिब केदार धिमालले मनतव्यको क्रममा आफ्नो भनाइ राखेका थिए । मलाई झापा क्षेत्र नम्बर २ बाट भोट दिइ विजयी गराएपनि धिमालको ऐतिहासिक थलो यहाँ छ भन्ने थाहा नभएको, हो वास्तबमा नेपाल सरकारले हाल सम्म आदिवासिहरुलाई पछि पारेकै हो तर अव यस्ता कार्य अनत्य आवस्यक छ, धिमाल जातिको सान्तिपुर्ण आन्दोलन र सकारात्मक कार्यहरुमा आफ्नो साथ सहयोग रहने नेपाली कंग्रेस झापा क्षेत्र नम्बर २ का सांमसद सुधिरकुमार सिवाकोटीले मनतव्यको क्रममा आफ्नो भनाइ राखेका थिए ।

कार्यत्रमका प्रमुख अतिथि नेपाली कंग्रेस झापा क्षेत्र नम्बर २ का सांमसद सुधिरकुमार सिवाकोटी, बिषेष अतिथि धिमाल जाति विकास केन्द्रका केन्द्रिय महासचिब केदार धिमाल, अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धीजिवि तथा समाजसेवि व्यक्तिहरु रहेको थियो भने धिमाल सेवा समाज नेपालका अध्यक्ष लक्ष्मी धिमालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्