विराटनगरमा ठूलो पर्दामा हेर्न पाइदैन विश्वकप

<span class='c1'>विराटनगरमा ठूलो पर्दामा</span> <span class='c2'>हेर्न पाइदैन विश्वकप</span>

विराटनगर । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् ।

राजधानीका हलहरुले ठूलो पर्दामा विश्वकप फुटबल देखाईने भएपनि विराटनगरका हलहरुमा त्यो सुविधा नहुने भएको छ । शुक्रबार पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ ।

नेपालीले टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका छन् । काठमाण्डौंमा फिल्म हलको ठूलो पर्दामा विश्वकप फुटबलको आनन्द लिन सुविधा रहेको छ । ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति गरेका छन् । तर, विराटनगरका हलहरुले यो सुविधा लिन सकेनन् ।

विराटनगरको भाटभटेनी क्यूएफएक्स, सेन्ट्रलमल र सिटी सिनेमाका अप्रेशन मेनेजरहरुले मिडिया हबसँग पैसाको कुरा नमिल्दा यो सुविधा दिननसकेको बताएका छन् । तर, फाइनल खेल देखाउनका लागि अहिले पनि कुरा चलिरहेको कतिपयका हलका व्यवस्थापकले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्