शिक्षादीप कलेजद्धारा ६५ लाख बराबरको छात्रवृत्ति प्रदान

<span class='c1'>शिक्षादीप कलेजद्धारा ६५ लाख</span> <span class='c2'>बराबरको छात्रवृत्ति प्रदान</span>

विराटनगर । विराटनगरमा रहेको शिक्षादीप कलेजले ६५ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

कलेजले शुक्रबार कलेजका एक कार्यक्रमको आयोजना गरेर विज्ञान संकायका कक्षा ११ र कक्षा १२ मा उत्कृष्ट हुने ९९ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।


कलेजले पहिलो त्रैमासिक परिक्षामा ५० प्रतिसत भन्दा माथी ल्याउँने विद्यार्थीलाई १०–९५ हजार बराबरको छात्रवृत्ति दिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का बताए ।  सधै उत्कृष्ट नतिजा निकाल्न सफल कलेजले हरेक वर्ष कलेजको आन्तरीक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई नगरसहित पुरस्कृत गर्ने गरेको कलेजले जनाएको छ । यसैविच कक्षा ११ र कक्षा १२ मा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ ।

उनीहरुलाई कलेका प्रिन्सिपल खडका, कलेजका निर्देशक रमेश मण्डल, ललितनारायण मण्डर, शुसिल भगत, नविन राँय र अनिकुमार दास र प्रोफेसर डा. आइयस झाले पुरस्कृत गरे ।

उपत्यकाभन्दा बाहिरबाट पहिलो नेपाल प्रथम भएका डेनिस गौतमको गरिमाको इतिहासलाई निरन्तर दिदै शिक्षादिप कलेज प्रदेश १ को उत्कृष्ट कलेज भएको प्रिन्सिपल खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्