विराटनगर । शिक्षक नियुत्तिमा आर्थिक चलखेल भएको भन्दै निष्पक्ष तरिकारले पुनः परीक्षा हुनुपर्ने परीक्षार्थीहरूले माग राखेका छन् ।
विराटनगर-१८ फडानीस्थित श्रीराम आधरभूत विद्यालयमा रिक्त रहेको तीन जना शिक्षक पदपूर्तीको लागि लिएको परीक्षामा आर्थिक चलखेलको कारणले निष्पक्ष नभएको भन्दै पुनः परीक्षा हुनुपर्ने उनीहरूले आइतबार विद्यालय परीसरमा भेला भएर माग राखेका हुन् ।
परीक्षामा सामेल भएका ७ जना र परीक्षा दिन नपाएका १२ जना परीक्षार्थीहरूले शिक्षक पदपूर्तीको लागि मंसिर २२ गते लिएको परीक्षा निष्पक्ष नभएको आरोप लागउँदै उनीहरूले पुनः परीक्षा हुनुपर्ने माग राखेका छन् ।
एक सय ४४ जना विद्यार्थी अध्ययरत रहेको श्री राम आधरभूत विद्यालयमा दुई जना करार र एक जना राहत शिक्षकको दरबन्दी दुई वर्षदेखि रिक्त रहेको थियो । उक्त रिक्त रहेको शिक्षकको पदपूर्तीको लागि विद्यालयले शिक्षक आवश्यकताको सूचना जारी गरेको थियो । जस अनुसार २२ जनाले आवेदन दिएका थिए ।
आवेदन दिएका मध्ये १० जना मात्र परीक्षामा सामेल भए । अन्य १२ जनाले विद्यालयले परीक्षाको मिती जानकारी नगराएको कारणले परीक्षाबाट बन्चित हुनुपरेको उनीहरुको भनाई छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष संयोजक रहेर परीक्षा हुनुपर्ने हो तर, यहाँ भएन,’ परीक्षार्थी विरेस यादवले भने, ‘वडाअध्यक्षको संयोजत्वमा परीक्षा भएको छ । यो विधीसंगत भएको छैन । सुनियोजित तरिकाले रिक्त रहेको पदपूर्तीमा आफ्नो मान्छे शिक्षक नियुक्ति वडाअध्यक्षले गरेको आरोप लगाउँदै उनले पुनः परीक्षा हुनुपर्ने माग राखेका छन् ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष शम्भू प्रकाश ऋषिदेव उपस्थिती नभएपछि विराटनगर १८ का वडाअध्यक्ष जितेन्द्र कुमार शाहको संयोजत्वमा परीक्षा भएको थियो ।
परीक्षाबाट उत्कृष्टको आधारमा एलिना सिंह, सरस्वती राजवंशी र कल्याणी मण्डललाई नियुक्त गरिसकेको छ ।
उनीहरू मध्ये सिंह राहतका शिक्षक हुन् भने राजवंशी र मण्डल करारका हुन् । उनीहरूलाई विराटनगर महानगरपालिकाले आइतबार नियुक्त गरेको छ । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाबाट विज्ञ टोली ल्याएर परीक्षा गराएर उत्कृष्ट हुनेलाई नियुक्ती भएको विद्यालयका प्रधानध्यापक राजिव कुमार यादवले बताए ।
‘परीक्षाको मिति तय गरेपछि शिक्षा महाशाखाले उत्कृष्टको आधारमा शिक्षक नियुक्त गरेको हो,’ उनले भने ।
विराटनगर १८ का वडाअध्यक्ष जितेन्द्र कुमार साहले आफु विद्यालयको पदेन सदस्य भएको र वडाअध्यक्ष विरामी भएको भन्दै अनुपस्थीत भएको कारणले आफु संयोजक रहेर शिक्षक पदपूर्तीको लागि परीक्षा गराएको बताए ।
यता विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख दुर्गा प्रसाद खतिवडाले परीक्षाको लागि विज्ञको टोली माग गरेपछि परीक्षा भएको र उत्कृष्ट नतिजा ल्याउनेलाई छनौट गरिएको बताए ।
‘दुई वर्षदेखि पदपूर्ती हुन नपाउँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या रहेको थियो विद्यार्थीको पठनपाठनमा सहज पु¥याउन विधी र प्रक्रिया पुरा गरेर शिक्षक नियुक्त गरिएको उहाँले जानकारी दिए ।