विराटनगरको एम्स कलेजका दुई छात्राको प्रदेशमै उत्कृष्ट नतिजा

<span class='c1'>विराटनगरको एम्स कलेजका दुई</span> <span class='c2'>छात्राको प्रदेशमै उत्कृष्ट नतिजा</span>

विराटनगर । एम्स कलेज विराटनगरमा बि.एच.एम.मा अध्ययनरत दुईजना छात्रा देवका श्रेष्ठ र ममता राई ३.९२ जीपीएमा उत्तिर्ण भएका छन् । बि.एच.एम. दोस्रो सेमेस्टरतर्फ दुवैजना छात्राले प्रदेश १ मा उत्कृष्ट नम्बर प्राप्त गर्न सफल भएको कलेज प्रशासनले जानकारी दिइएको हो ।

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई कलेजले बुधबार एक कार्यक्रमको आयोजना गरेर नगद पुरस्कारसहित सम्मान गरेको छ । क्याम्पस प्रमुख राकेश भट्टले शिक्षक, अभिभावक र विद्यार्थीको निरन्तरको अभ्यास र प्रयत्नले उत्कृष्ट नतिजा प्राप्त भएको त्यस अवसरमा बताएका छन् ।

कार्यक्रममा कलेजका अध्यक्ष तुलसी पोखरेलले विद्यार्थीको भविष्य बनाउनका लागि कलेजले आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेको बताउँदै त्यसले सार्थकता पनि प्राप्त भएको बताएका थिए । विद्यार्थी केन्द्रीत भएर अध्यापन र शिक्षण सिकाईमा जोड दिईने पोरखेलको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्