भोलि राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आउने, सुरक्षाव्यवस्थामा कडाइ

<span class='c1'>भोलि राष्ट्रपति विद्यादेवी भण्डारी</span> <span class='c2'>विराटनगर आउने, सुरक्षाव्यवस्थामा कडाइ</span>

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर आँउदैछिन् ।

विराटनगरमा उद्योग संगठन मोरङको आयोजनामा हुने लागेको ‘विराट एक्स्पो २०७९’ कार्यक्रम उद्धघाटन गर्न भोलि (विहिवार) राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको हो ।

एक साता सम्म हुने कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीको पहिलो दिन अर्थात उद्धघाटनका दिन राष्ट्रपति आउने कार्यक्रम रहेकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गरेर नेपाली सनो, शसस्त्र प्रहरी र नेपाल प्रहरीको एकिकृत सुरक्षा बनाएर त्यो अनुसार कार्यक्रममा सुरक्षा व्यवस्था गरिएको छ ।

करिब दुईलाख अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका मिल मेशिनरी, अन्य उत्पादन र छालाजन्य उत्पादन, बंगलादेशको गार्मेन्ट्स तथा भारतबाट हेल्थ किचेनका आईटमहरुको समेत स्टलहरु राखिने भएको छ ।

भने , प्रदर्शनीमा आउने सहभागीहरुलाई निःशुल्क यातायात सेवाको सुविधा समेत उपलब्ध गराइएको छ । विराट एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उघाद्घटन गर्ने कार्यक्रमको सुरक्षा व्यावस्थापनदेखी एक्स्पोको आन्तरिक तयारीका कार्य सबै तयारी भएको उद्योग संघठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताए ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्