प्रदेश १ सरकारको नेतृत्वमा मेरो दाबी रहन्छ : मन्त्री आङ्बो

<span class='c1'>प्रदेश १ सरकारको नेतृत्वमा मेरो दाबी</span> <span class='c2'>रहन्छ :  मन्त्री आङ्बो</span>

विराटनगर । निर्वाचनपछि मतपरिणामको चासोको विषय सकिएसँगै यतिबेला प्रदेश १ मा कुन दलको नेतृत्वमा सरकार गठन हुने हो भन्ने विषयमा सबैको ध्यान मोडिएको छ । प्रदेश १ मा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेसँग पनि बुहमत छैन । भने, सत्ता गठबन्धनसँग पनि बहुमत छैन । प्रदेश सरकार गठनको निर्णायक भूमिकामा रहेको जसपाले कुन दललाई समर्थन गरेर अगाडी बढ्ने हो भन्ने विषयमा अहिलेसम्म कुनै धारणा आइसकेको छैन ।  यसले गर्दा प्रदेश सरकार गठन प्रक्रिया निक्कै सकसपूर्ण बनेको छ । प्रदेश १ सरकार गठनको तयारी कसरी चलिरहको छ ? गठबन्धनको सरकार बन्न सक्ने कतिको सम्भावना छ भन्ने विषयमा रहेर मओवादी केन्द्रको नेता एवम् प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोसँग आवरविराटनगरले गरेको संक्षिप्त कुराकानी :

तपाईको पाँचवर्षे कार्यकाललाई कसरी लिनुभएको छ ?

सुरुवातमा ठूलो स्थिरता होला त्यो स्थिरताको जगमा हामीले संघियतालाई संस्थागत गर्न सकिने र विकास र समृद्धिको एउटा महत्वपूर्ण जग बसाउन सकिन्छ भनेर अपेक्षा हामीले राखेका थियौँ । खास गरेर ०७७ पुष ५ गते केपी ओलीको असंवैधानिक कदमपछाडी संसद विघठन भयो त्यसको प्रभाव सबै तिर पर्ने नै भयो । त्यसले गर्दा हामीले विकासको निम्ति, समृद्धिको निम्ति कुनै पनि एजेण्डाहरुलाई संस्थागत गर्न राजनीतिक स्थिरता नहुँदा अपेक्षित काम हुन सकेन । तर, पनि ५ वर्षमा प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारमा बसेर पूर्वाधार क्षेत्रमा, उत्पादन, अर्थिक सामजिक विकासको क्षेत्रमा महत्वपूर्णकामका सरुवात प्रदेशमा भएको छ । प्रदेश सरकारले प्रत्यक्ष विकासको र सरकारको अनुभूति दिलाउनु सुरुवात गरेको छ । क्रमश ः परिणाम आउने क्रममा मात्रै छ । हिजो गरेको महत्वपूर्णकामहरु देखा पर्न सुरुवात भएका छन् । यसैले प्रदेश सरकारको औचित्य र आवश्यकता पुष्टि गर्दै जान्छ । यो महत्वपूर्ण आधार बनेको छ । र अब आउने नयाँ सरकारको निम्ति प्रदेश सरकारलाई सम्पूर्ण श्रोत साधन संंरचना क्रमश सुदृढ भइरहेको स्थितिमा एउटा गतिमा काम गर्न सक्ने वातावरण पाँच वर्षमा तयार भएको छ ।

भर्खरै सम्पन्न निर्वाचनमा विजयी हासिल गरेसँगै पुनः दोश्रो पटक संसदिय यात्रा तय गर्नुभएको छ प्रदेश नै किन रोज्नुभयो ?

म संघिय संसदमा सहजै दावा रहने स्थिति हुँदाहुँदै पनि पुनः एकपटक नयाँ संरचनाको रुपमा विकास गरेको प्रदेशलाई संस्थागत गरौँ र सविधानअनुसार यसलाई कार्यन्वयन गर्दा जनतालाई प्रत्यक्ष संघियताको मध्यामबाट विकास र सेवाको अुनभूति गराउ भनेर मैले पुनः दोश्रो पटक उम्मेदवार दिएहको हुँ र निर्वाचित भएर पनि आइसकेको छु ।

सरकार गठनको तयारी कसरी गर्दै हुनुहुन्छ ?

निर्वाचन सम्पन्न भएसँगै सबै मत परिणाम पनि आइसकेको छ । यसो हुँदा गठबन्धनको नेतृत्वमा सरकार बनाउने प्रयत्नमा छौँ । र त्यो सम्भावना नै देखिन्छ । गठबन्धनमा खास गरेर केन्द्रिय गठबन्धनमा संवैधानिक राजनीतिक जिम्मेवारीको सत्ता साझेदारी हुने भएकाले त्यसको आधारमा नै प्रदेश १ को नेतृत्व बन्छ । स्वभाविक हिसाबले प्रदेशको सबैभन्दा लामो प्रदेश सरकारको मन्त्री भएको हिसाबले र अनुभवको हिसाबले यो पटक मओवादी केन्द्रको तर्फबाट नेतृत्व हुनुपर्छ भन्नेमा लागिपरेका छाँै । त्यसो हुँदा केही समय पछि एउटा टुंगोमा पुग्छ ।

भने पछि मुख्यमन्त्रीमा तपाईको दाबी हो ?

यसमा के हो भने म प्रदेश सरकारको दुईपटक अर्थमन्त्रालय जो प्रदेशको सबैभन्दा महत्वपूर्ण मन्त्रालय हो । यसमा मैले कार्यभार सम्हालिसकेको छु । पार्टीबाट पनि र गठबन्धनबाट पनि दुईदुई पटक मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गरिसकेको हुँदा म दोहो¥याएर अथवा तेहे¥याएर भनौ प्रदेश सरकारको कुनै मन्त्री हुने पक्षमा छैन । यदि गठबन्धनबाट हाम्रो प्रदेशमा मओवादीको नेतृत्व सरकार बनेन र सरकारमा मओवादी केन्द्र सहभागी हुनुपरे हाम्रो पार्टीबाट जो निर्वाचित भएर आउनुभएको छ उहाँहरुलाई अवसर रहनेछ । म दोहोरिएर सरकारमा मन्त्री भएर मेरो सहभागिता हुँदैन । मेरो फेरि पनि आफ्नो दाबी के छ भने लामो समय सरकारमा बसेर काम गरेको अनुभवको आधारमा यो पटक मओवादी केन्द्रले र प्रदेश सरकारको नेतृत्व मैले गर्नुपर्छ भन्ने मेरो दाबी चाहिँ छ ।

तपाईले आफ्नो दाबी गर्दैगर्दा प्रदेश १ मा गठबन्धनकै सरकार बन्छ भन्नेमा कतिको विश्वस्त हुनुहन्छ ?

अहिलेको समिकरणको हिसाबले हाम्रो गठबन्धनले बुहमत हासिल गर्न सकेन । तर, हाम्रो १ नम्बर प्रदेशमा साझेदार रहेको जसपा अहिले पनि हाम्रो सरकारमा साझेदारमा नै हुनुहुन्छ । राप्रपाले पनि कसलाई समर्थन गर्ने भन्ने बोलिसक्नुभएको छैन । मलाई के विश्वास छ भने जनता समाजवादी पार्टी हिजो केही प्राविधिक कारणले चुनावी तालमेल गरेर चुनाव लड्नुभएको छ । उहाँहरुको पार्टीको एजेण्डाको हिसाबले पनि यही गठबन्धनको सरकारले गर्न सक्ने भएकाले केन्द्रिय गठबन्धनसँगै प्रदेशमा पनि समाहित हुनुहुन्छ भन्नेमा हामी पूर्णरुपमा विश्वस्त छौँ ।र फेरी पनि गठबन्धनकै नेतृत्वमा सरकार बन्छ ।

प्रस्तुति  : सुजता लिम्बु/आवर विराटनगरकर्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्