विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको डिग्री क्याम्पस परिसरको खेल मैदानमा आजबाट सातौं ‘विराट एक्स्पो २०७९’ कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनी सुरु भएको छ ।
उद्योग संगठन मोरङको आयोजना गरेको एक्स्पोको राष्ट्रपती विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको भयो । विराट एक्स्पोले प्रदेश १ का पर्यटकीय गन्तव्यहरु प्रवद्र्धनमा विशेष टेवा पुग्ने राष्ट्रपती भण्डारीले बताउनुभयो ।
‘विराट एक्स्पो २०७९’ उदघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एक्स्पोका माध्यमबाट प्रदेश १ का पर्यटकिय गन्तव्यहरु कृषि हस्तकला औद्योगिक उत्पादकहरुको प्रवधनमा समेत विशेष टेवा पुग्नेमा जोड दिनुभयो ।
उद्घाटन कार्यक्रमलाई प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र प्र राई, विराटनगर महानगरपालीका मेयर नागेश कोईराला, उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष शेखर चन्द्र गोल्छा लगायतले विराट एक्स्पोको शुभकामना दिनुभएको थियो ।
विगतको बर्षमा विराटनगर २ स्थित विराट नर्सिङ होम पुर्व लाग्दै आएको कृर्षि मेला यसपटक भने विराटनगर–१४ को स्नातकोत्तर क्याम्पस परिसरमा रहेको पुरानो हवाई फिल्डमा लागेको छ ।
एक साता सम्म हुने कृर्षी तथा औद्योगिक अन्तराष्ट्रिय प्रदर्शनीमा पर्यटन, लगानी, श्रम रोजगार तथा सीप र स्टार्टअपका चारवटा पेभिलियनमा ५२ स्टल रहेको छ ।
यसैगरी अेौद्योगिक (कन्जुमर प्रोडक्ट) का चारवटा डोममा ७५ स्टल रहनेछन् ।
जसमध्ये ४० वटा स्टल विराट व्यापार संघद्वारा प्रर्वद्धित रहेका छन् ।
प्रदर्शन् िस्थलमा तीनवटा डोममा कृषि तथा साना घरेलु एवं सूचनामूलक सामाग्री राखिने भएको छ । करिब दुईलाख अवलोकनकर्ता भित्राउने लक्ष्य राखिएको प्रदर्शनीमा भारत, बंगलादेश र पाकिस्तानका मिल मेशिनरी, अन्य उत्पादन र छालाजन्य उत्पादन, बंगलादेशको गार्मेन्ट्स तथा भारतबाट हेल्थ किचेनका आईटमहरुको समेत स्टलहरु राखिएका छन् ।
यस पटकको प्रदर्शनीमा आउने सहभागीहरुलाई निःशुल्क यातायात सेवाको सुविधा समेत उपलब्ध गराइएको छ । विराटनगर–१४ स्थित प्रदर्शनीस्थलमा आउने र घरसम्म पुग्नका लागि सातवटा सटल बसमार्फत सेवा उपलब्ध गराईएको छ । त्योसंगै हरेकदिन सास्कृतिक मनोरन्जनका कार्यक्रमहरु समेत हुने गरेको छ ।