तन्दुरी र कबाब खाने पारखीलाई विराटनगरमा रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा

<span class='c1'>तन्दुरी र कबाब खाने पारखीलाई विराटनगरमा</span> <span class='c2'>रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा</span>

विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा आएको छ । विराटनगरमा नाम चलेको रोयल विरयानी हाउसको समुहले रोयल तन्दुर एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् ।


द रोयल व्रियानी हाउसको संचालकदय यासिर घिमिरे र आमिर लिम्बुले करिब २० लाख रूपैयाँको लागतमा शुक्रबारदेखी संचालनमा ल्याएका हुन् ।
रोयल तन्दुर एण्ड कबाव हाउसमा आगोमा पोलेर पकाउने चिकेन तन्दुरी र कबाब लोकप्रिय परिकारमा रहेको रोयल तन्दुर एण्ड कबाब हाउसले जनाएको छ ।
तन्दुरी र कबाव बाहेक ईन्डेयन परिवारहरू नान, चिकेन तन्दुरी सिक कबााब , मसला कबाब, चिकेन चिज बल लगायत अन्य थुप्रै भेज तथा ननभेजका परिकार पाईने रोयल तन्दुर एण्ड कबाब हाउसका संचालक आमिर लिम्बुले जानकारी दिनुभयो ।


घिमिरे र लिम्बु युवा व्यवसायी हुन् । उनीहरु दुवै साउँदीको होटलमा काम गरेपछि स्वदेशमा व्यापार व्यवसायी संचालन गर्ने उद्देश्यका साथ घिमिरे र लिम्बु सहित पप्पु अन्सारी, र कमल श्रेष्ठ मिलेर ट्राफिक चौकमा रोयल बिरयानी हाउस संचालनमा ल्याएका थिए ।
छोटो समयमा ग्राहकको रोजाइमा रोयल विरयानीले मन जित्न सफल पनि भएको छ । यसको शाखा विस्तार पनि भइरहेको छ । बिरयानीपछि उनीहरूले रोयल तन्दुर एण्ड कबाव हाउस संचालनमा ल्याएका हुन् ।


‘स्तरीय परिकार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु आफुहरुको लक्ष्य रहेको रोयल तन्दुरर एण्ड कबाब हाउसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्