पेट्रोल र डिजल प्रतिलिटर तीन रुपैयाँ सस्तो

<span class='c1'>पेट्रोल र डिजल प्रतिलिटर</span> <span class='c2'>तीन रुपैयाँ सस्तो</span>

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अङ्कले घटाएको छ ।

शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु तीनले घटाएको छ ।

यसअघि पेट्रोल प्रतिलिटर रु एक सय ८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुनेछ । डिजल प्रतिलिटर रु एक सय ७८ मा बिक्री भइरहेकामा अब भने रु एक सय ७५ मा बिक्री हुनेछ । मट्टीतेल प्रतिलिटर रु एक सय ७८ मा बिक्री हुँदै आएकामा अब भने रु एक सय ७५ मा बिक्री वितरण हुने निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित रु १९ अर्ब तिर्न बाँकी रहेको जनाएको छ ।

बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्