विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निर्वाचन आयोग नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवदेन पेश गरेका छन् ।
ऐन, २०७४ को दफा ६२ बमोजिम आज(सनिवार) प्रदेश नं. १ को प्रदेश सभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन आयुक्त थपलियाले प्रदेश प्रमुख समक्ष निर्वाचनको परिणमसहितको प्रतिवेदन पेश गरेका हुन् ।
निर्वाचन ऐनमा उल्लेख भएअनुसार परिणामसहितको प्रतिवेदन पेश गर्नुपर्ने भनिएको भए पनि निर्वाचन आयोगले यसलाई कर्तव्यको रुपमा बुझेर पेश गरिएको आयुक्त थपलियाले बताए ।
यस्तै प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख खापुङले निष्पक्ष, कम भड्किलो, आचारसंहिता पालना गराउने क्रममा यस नेतृत्वले कसैको प्रभावमा नपरी निरन्तरता साथ कार्यक्षमता प्रदर्शन गरेको अनभूति भएको बताए ।