विराटनगरमा कारको ठक्करबाट साइकल चालक घाइते

<span class='c1'>विराटनगरमा कारको ठक्करबाट</span> <span class='c2'>साइकल चालक घाइते</span>

विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित खराजी चोकदेखि उत्तर करिब ४० मिटर अगाडी कारको ठक्करबाट एक साईकल चालक घाइते भएका छन् ।

शनिवार कोसी राजमार्गअन्तर्गत उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको साईकल र कार एकआपसमा ठोकिँदा साईकल चालक घाइते भएको हो।

प्रदेश ३-०१०२२ च ५६७७ नम्बरको कारले साइकल चालक बुढीगंगा गाउँपालिका १ बस्ने वर्ष ३८ का राकेश कार्कीलाई ठक्कर दिएको थियो । कार्कीको स्वास्थ्य अवस्था सामान्य छ ।

ठक्कर दिएको कार मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।

उनको खोजी कार्य भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कारको अगाडीको भागमा पुर्ण क्षति पुगेको छ । भने साइकल पुर्ण रुपमा क्षती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्