विराटनगर । विराटनगरमा जारी विराट एक्स्पोमा शनिबार २० हजारबढी अवलोकनकर्ता आएको आयोजकको अनुमान छ ।
मंसिर २९ गतेबाट सुरुभएको विराट एक्स्पोमा शनिबार सबैभन्दा बढी अवलोकनकर्ता बढी आएको आयोजकले जनाएको छ ।

शनिबार गायक सुगम पोखरेलको प्रस्तुति रहेको थियो ।

विराट एक्स्पोमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुतीले गर्दा पनि एक्स्पोको थप महोल बढेको छ ।

शनिबार सुगम पोखरेल प्रस्तुतिमा अधिकास दर्शक झुमेका छन् ।
फेरी त्यो दिन गीतको बोलबाट सुरुवात गरेका पोखरेलले झन्डै आदा आफ्ना चर्चित दर्जन गीतहरु प्रस्तुत गरेका थिए ।
उनलाई आमदर्शकहरुले नाचेर साथ दिएका थिए । साथै आज आईतबार बेलुका ¥यापर मिष्टर डीको प्रस्तुति रहेको छ ।

‘कृषि ,पर्यटन ,उद्योग र व्यापार आर्थिक विकासको मुल आधार ’ भन्ने मुल नारा सहित आगमी पुष ६ गतेसम्म कृषि औद्योगिक तथा अन्तराष्ट्रिय प्रदर्शनी जारी रहने छ ।

तस्विर : अनिश भक्त जोशी/आवर विराटनगर