प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

<span class='c1'>प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण जग्गा</span> <span class='c2'>प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन</span>

विराटनगर । प्रदेश नं. १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन मुख्यमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ ।

जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आज (आईतबार) मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाएका हुन् ।

गत वर्ष माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न भनेर आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

उक्त कार्यदलले यस अवधीमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सो अनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिवद्धता प्राप्त भएको कार्यदलका
संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कार्कीले बताए ।

मन्त्री कार्कीको संयोजकत्वमा गठित कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूढीगंगा, दुहवी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहेको थियो ।

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव उक्त कार्यदलको सदस्य सचिव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्