विराटनगर । मोरङमा एकवर्षको अवधीमा मानवअधिकार उलंघनका २६५ वटा घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले राखेको अभिलेखमा गतवर्षको पुसदेखि यताका ११ महिनामा २६५ घटना भएको उल्लेख छ ।
हरेक वर्ष प्रकाशित गर्ने मानवअधिकार वर्ष पुस्तकको पूर्व समिक्षा कार्यक्रममाका क्रममा इन्सेकका प्रदेश १ संयोजक सोमराज थापाले २६५ घटनामा २६८ जना पीडित भएको जानकारी दिएका छन् ।
यसमध्ये मोरङमा सबै भदा बढी बलात्कारका घटना भएका छन् । ११ महिनाको अवधिमा ७९ वटा बलात्कारका घटना भएका हुन् । यस्तै घरेलु हिंसाका ७८ वटा घटना भएका छन् । मोरङमा १८ हत्याका घटना भएका छन् । मोरङमा अपहरण ६, बाल यौन दुव्र्यवहारका १६, मानव बेचबिखनका ४ , बोक्सी आरोप २ , बालविवाहका ४ वटा घटना भएका छन् । यस्तै बलात्कार प्रयासका १९, हत्या प्रयासका २४ वटा घटना भएको अभिलेख छ ।
यसैगरी मोरङमा मानवअधिकारकर्मीलाई आवश्यक पर्दा सहयोग गर्ने गरि हेल्पडेस्क स्थापना गरिएको छ । मानव अधिकारकर्मी संघसंस्थाको आवद्धतामा हेल्पडेस्क स्थापना गरिएको हो । यसको निर्णय २०६८ साउन १ गते नै गरिएको थियो । तर, त्यसमा थप संस्थाहरु सहभागि गराउँदै पुर्नगठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले नियमन गर्ने गरि स्थापना भएको हेल्पडेस्कले मानव अधिकारका क्षेत्रमा काम गर्ने क्रममा कसैलाई असजिलो स्थिति आईपरे सहयोग गर्नेछ ।